Kathmandu Press

बंगलादेशमा मोदीविरोधी प्रदर्शन गर्ने इस्लामी समूह पक्राउ 

ढाका, वैशाख ६ : गत महिना बंगलादेश भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध भएको प्रर्दशनमा संग्लन रहेका इस्लामी समुह हेफाजत ए इस्लामको २ सय ९८...
बंगलादेशमा मोदीविरोधी प्रदर्शन गर्ने इस्लामी समूह पक्राउ 

ढाका, वैशाख ६ : गत महिना बंगलादेश भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध भएको प्रर्दशनमा संग्लन रहेका इस्लामी समुह हेफाजत ए इस्लामको २ सय ९८ सदस्य र समर्थकहरुलाई पक्राउ गरेको छ।

आइतबार इस्लामी समुह हेफाजत ए इस्लामका सहसचिव मामुनुल हक लगाएत सयौं सदस्य र समर्थकहरुलाई पक्राउ गरिएको हो ।

Hardik ivf

ढाका महानगरपालिकाका वरिष्ठ अधिकारी हारुनुर रसिदले आइतबार समूहको सहसचिव मामुनुल हकलाई ढाकाको मोहम्मदपुर नजिकैको मदरसा (इस्लामिक स्कूल) बाट पक्राउ गरिएको बताएका छन्। 

‘हामी उनीविरुद्ध लगाइएका सबै अभियोगहरूको छानबिन गर्नेछौं किनभने हक हिंसा भडकाउने धेरै घटनामा संग्लन रहेको पाएका छौं,’ रसिदले भने। गत महिना बंगलादेशका धेरै जिल्लाहरूमा भएका विरोध प्रदर्शन प्रायः हेफाजात-ए-इस्लाम समूहले गरेकाे थियाे।
 
‘हामीले भिडियो फुटेज मार्फत उनीहरूलाई पहिचान गरेर पक्राउ गरेका छौं,’ ब्राह्मणबरिया प्रहरीका उपप्रमुख मोहम्मद रोइस उदिनले बताए। 

प्रकाशित मिति: १४:४० बजे, सोमबार, वैशाख ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्