फ्लोर क्रस गर्नु अक्षम्य अपराध : ओली
काठमाडौं, वैशाख ६ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूबाट भएको फ्लोर क्रसलाई अक्षम्य अपराधको...
काठमाडौं, वैशाख ६ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूबाट भएको फ्लोर क्रसलाई अक्षम्य अपराधको संज्ञा दिएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले कर्णालीमा चार सांसदलाई फ्लोर क्रस गर्न लगाएर नेता नेपालले बेइमानी गरेको आरोप उनले लगाए ।
शुक्रबार कर्णाली प्रदेशमा भएको मतदानमा नेपाल समूहका चार सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गर्दै माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत हालेका थिए। उनीहरूलाई एमालेले कारबाही पनि गरिसकेको छ।
प्रकाशित मिति: १४:२८ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)