Kathmandu Press

इजरायल र ग्रीसबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौं, वैशाख ६ : इजरायल र ग्रीसले आफ्नो सबैभन्दा ठूलो रक्षा खरीद सम्झौतामा हस्ताक्षर गरेका छन्। आइतबार दुवै देशबिच रक्षा खरीद सम्झौतामा हस्ताक्षर...
इजरायल र ग्रीसबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौं, वैशाख ६ : इजरायल र ग्रीसले आफ्नो सबैभन्दा ठूलो रक्षा खरीद सम्झौतामा हस्ताक्षर गरेका छन्। आइतबार दुवै देशबिच रक्षा खरीद सम्झौतामा हस्ताक्षर भएको हो। 

सम्झौतापछि इजरायलले दुई देशका वायु सेनाले संयुक्त अभ्यास सुरु गरेपछि यी देशहरूबीच राजनीतिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताएको छ।

Hardik ivf

इजरायली रक्षा मन्त्रालयले आइतबार सम्झौतामा इजरायली रक्षा ठेकेदार एल्बिट सिस्टमलाई २२ वर्षको अवधिमा हेलेनिक वायुसेनाको लागि प्रशिक्षण केन्द्र स्थापना र सञ्चालन गर्नको लागि १.६५ विलियन डलरको सम्झौतामा समावेश गरिएको बताएको छ। 

प्रशिक्षण केन्द्रको नमुना इजरायलको आफ्नै उडान एकेडेमीमा बनाइने र १० एम ३४६ प्रशिक्षण विमानले लैजाने इजरायली रक्षा मन्त्रालयले बताएको छ । 

‘मलाई पक्का विश्वास छ कि यस कार्यक्रमले इजरायल र ग्रीसको अर्थतन्त्रको क्षमता अभिवृद्धि र मजबुत बनाउनेछ र दुई देशबीचको रक्षा, आर्थिक र राजनीतिक तहमा अझ गहिरो साझेदारी हुँदै जानेछ,’ इजरायली रक्षामन्त्री बेनी गान्सले भने । 

इजरायली र ग्रीक वायु सेनाले आइतबार ग्रीसमा संयुक्त अभ्यास आरम्भ गरेको इजरायली सेनाले जनाएको छ ।

प्रकाशित मिति: १४:०७ बजे, सोमबार, वैशाख ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्