संसद अधिवेशन अन्त्यका लागि कुनै छलफल भएकाे छैन : सभामुख सापकाेटा
काठमाडौं, वैशाख ६ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्यका लागि आफूसँग कुनै छलफल नभएको स्पष्ट पारेका छन्। सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँगको...
काठमाडौं, वैशाख ६ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्यका लागि सांसदसँग कुनै छलफल नभएको स्पष्ट पारेका छन्।
सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँगको कुराकानी गर्दै सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे प्रधानमन्त्रीले केपी ओलीले सांसदसँग कुनै परामर्श नै नगरेको बताएका हुन्।
मंगलबार दिउँसाे १ बजेका लागि प्रतिनिधिसभा बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसद अधिवेशन अन्त्य गरेकी हुन्।
शनिबार बसेकाे कार्यव्यवस्था परामर्श समितिको बैठकमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई मंगलबार बैठकमा प्रक्रियामा लैजानेबारे दलहरूबीच सहमति भएको थियो।
प्रकाशित मिति: १३:४१ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)