Kathmandu Press

रुसद्वारा चेकका कूटनीतिज्ञलाई देश छाड्न निर्देशन

मस्को, वैशाख ६ : गणतन्त्र चेकले सन् २०१४ मा गोलाबारुद भण्डारण स्थानमा भएको विस्फोटको घटनामा संग्लन रहेको भन्दै १८ रुसी कूटनीतिलाई ७२ घण्टाभित्र...
रुसद्वारा चेकका कूटनीतिज्ञलाई देश छाड्न निर्देशन

मस्को, वैशाख ६ : गणतन्त्र चेकले सन् २०१४ मा गोलाबारुद भण्डारण स्थानमा भएको विस्फोटको घटनामा संग्लन रहेको भन्दै १८ रुसी कूटनीतिलाई ७२ घण्टाभित्र देश छाड्न गरेको निर्देशनको जबाफमा रुसले पनि चेकका २० कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ।

रुसको विदेश मन्त्रालयले चेकले गरेको निलम्बनको जवाफमा चेकको २० कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न निर्देशन दिएको बताएको छ।

चेक गणतन्त्रले नाटो र युरोपियन युनियनका सहयोगी राष्ट्रलाई सन् २०१४ मा भएको बम विष्फोटमा रूसका कूटनीतिज्ञको संग्लनता रहेको बताएको छ।

युरोपियन युनियनका विदेश मन्त्रीहरुबीच सोमबार बैठक हुने भएको छ। ‘चेकको भूमिमा रुसका विध्वंसकारी कार्यहरु’ प्रति चेकको कडा जवाफका लागि अमेरिकाले प्रशंसा गरेको छ।

रुसले चेकको राजधानी प्रागको आरोप हास्यस्पद भएको बताएको छ। किनकि चेकले यस अघि विस्फोटको घटनाको दोष गोलाबारुद्ध भण्डारण डिपोका मालिकहरूमाथि लगाएको थियो ।

प्रकाशित मिति: १३:०६ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्