सर्वोच्च न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त
काठमाडौं, वैशाख ६ ः राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छन्।राष्ट्रपतिले नेपालको...
काठमाडौं, वैशाख ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छन्।
राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज (सोमबार) उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाशीशका रूपमा कार्यरत छन्। उनीहरुका नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो।
प्रकाशित मिति: १२:५८ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)