Kathmandu Press

यी हुन् विद्यालय बन्द रहने प्रमुख सहरी क्षेत्र

काठमाडौं, वैशाख ६ : कोभिड-१९ को दाेस्राे लहर देखिएपछि सरकारले देशका मुख्य सहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को...
यी हुन् विद्यालय बन्द रहने प्रमुख सहरी क्षेत्र

काठमाडौं, वैशाख ६ : कोभिड-१९ को दाेस्राे लहर देखिएपछि सरकारले देशका मुख्य सहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभरिमुख्य सहरी क्षेत्रको विद्यालय बन्‍द गर्ने निर्णय गरेको हो।

विद्यालय बन्द हुने स्थानमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय पनि सरकारले गरेको छ।

विद्यालय बन्द रहने मुख्य सहरहरु यसप्रकार छन् :

काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, राजविराज, हेटौडा, भैरहवा, विराटनगर, इटहरी, धरान, विरगञ्ज, नेपालगञ्ज, धनगढी, जनकपुर, पोखरा, बुटवल, घोराही, तुलसीपुर।

प्रकाशित मिति: १२:३० बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्