Kathmandu Press

कर्णालीमा चैतेदसैंको सार्वजनिक बिदा

कर्णालीमा चैतेदसैंको सार्वजनिक बिदा

सुर्खेत, वैशाख ६ : कर्णाली प्रदेशमा चैतेदसैंका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो। 

कर्णाली सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूचना गरिएको बताए।

सचिव पौडेलका अनुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको हो। 

प्रकाशित मिति: १२:१५ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्