राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य
मंगलबारका लागि प्रतिनिधिसभा बैठक तय भइसकेको अवस्थामा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा संसद अधिवेशन अन्त्य गरेकी हुन्।
काठमाडौं, वैशाख ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी छन्।
मंगलबारका लागि प्रतिनिधिसभा बैठक तय भइसकेको अवस्थामा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा संसद अधिवेशन अन्त्य गरेकी हुन्।
संविधानको धारा धारा ९३ को उपधारा ३ बमोजिम आजै सरकारले प्रतिनिधिसभाको चालु अधिवेशनका लागि सिफारिस गरिएको र साेहीबमाेजिम अन्त्य गरिएकाे राष्ट्रपति भण्डारीले सभामुख अग्नि सापकोटालाई लेखेको पत्रमा उल्लेख छ।
हेर्नुहाेस् पत्र
प्रकाशित मिति: ११:३० बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)