Kathmandu Press

राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठक आज बस्दै

काठमाडौं, वैशाख ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक आज (सोमबार) दिउँसो २ बजे चाबहिलस्थित केन्द्रीय कार्यालयमा बस्दैछ।...
राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठक आज बस्दै

काठमाडौं, वैशाख ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक आज (सोमबार) दिउँसो २ बजे चाबहिलस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने बताइएको छ।

राप्रपाले वैशाख २५ देखि २८ सम्म महाधिवेशनका लागि मिति तय गरेको छ। त्यसका लागि सक्रिय सदस्यता र स्थानीय तहको अधिवेशन हुँदैछ। तयारीका लागि पर्याप्त समय नपुग्ने देखिएकाले महाधिवेशनको मिति सार्नेबारे पनि छलफल हुने राप्रपाका एक नेताले बताए।

राप्रपाले कमिटीबाट महाधिवेशन प्रतिनिधि चयन गर्दै आए पनि यसपटक भने सक्रिय सदस्यबाट प्रतिनिधि चयन गर्दैछ। राप्रपाले सक्रिय सदस्य ३ लाख पुर्याउने लक्ष्य राखेको छ।

प्रकाशित मिति: ११:११ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्