पूर्वमन्त्री प्रयागराज सिं सुवालको निधन
काठमाडौं, वैशाख ६ : समाजसेवी तथा पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको आइतबार निधन भएको छ । पूर्वमन्त्री सुवालको ९३ वर्षीय सुवालको उनकै निवास झोछेँमा...
काठमाडौं, वैशाख ६ : समाजसेवी तथा पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको आइतबार निधन भएको छ । पूर्वमन्त्री सुवालको ९३ वर्षीय उनकै निवास झोछेँमा आइतबार साँझ निधन भएको हो।
प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली कांग्रेसमा रही राजनीतिमा सक्रिय थिए।
पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौं नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
प्रकाशित मिति: १०:५८ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)