Kathmandu Press

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिएपछि सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, वैशाख ६ : कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिएपछि सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमण तिब्र रुपमा बढेपछि मुलुकका ठूला सहर र कोभिड–१९ फैलिएका स्थानमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शनिबार मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

विद्यालयहरूबाट कोरोना प्रसार व्यापक बन्ने जोखिम देखिएकाले भौतिक उपस्थिति बन्द गराएर अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द  गर्दै अनलाइन कक्षा सञ्चालन गर्न निर्णय गरेको छ।

 

प्रकाशित मिति: १०:४१ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्