केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं, वैशाख ६ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा वर्षा हुन भए पनि बाँकी क्षेत्रमा...
काठमाडौं, वैशाख ६ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा वर्षा हुन भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने छ।
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। हिजो अस्तिजस्तो आज ठूलो पानी नपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको मात्रै सम्भावना रहेको छ। राति पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रकाशित मिति: ०८:५४ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)