एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं, वैशाख ६ : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।आज दिउँसो १ बजे प्रधानमन्त्री निवास...
काठमाडौं, वैशाख ६ : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको बैठकमा अध्यक्ष ओलीले सांगठनिक प्रतिवेदन पेश गर्ने तथा प्रदेशगत रिर्पोटिङ एजेण्डा बनेको बताईएको छ । सो पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष ओलीले बैठक डाकेका हुन्। यस्तै जिल्लाहरूका इञ्चार्ज र नेताहरूको कार्यविभाजन तोक्ने पनि बैठकको एजेण्डा बनाइएको छ ।
ओली पक्षले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको सहभागिता बिना नै महाधिवेशन तयारीबारे पनि छलफल गर्ने एजेण्डा समेत बनाएको छ। यस्तै, आजको बैठकमा कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेपाल–खनाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय पनि गर्नेछ।
ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेका थिए। उनीहरूका कारण नेकपा माओवादी केन्द्रका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पद जोगाएका थिए। यता, बैठकमा खनाल नेपाल पक्ष सहभागी नहुने पक्कापक्की नै छ ।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)