Kathmandu Press

पटक-पटक स्थगित कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज 

काठमाडौं, वैशाख ६ : पटक-पटक स्थगित हुँदै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।छलफलमा तयारी नपुगेको भन्दै हिजो २...
पटक-पटक स्थगित कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज 

काठमाडौं, वैशाख ६ : पटक-पटक स्थगित हुँदै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

छलफलमा तयारी नपुगेको भन्दै हिजो २ बजेका लागि बोलाईएको बैठक आज दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । हिजो बैठक सुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल समेत भएको थियो।

यसअघि चैत २७ का लागि बोलाइएको बैठक ३० गतेका लागि सारिएको थियो । ३० गतेको बैठक पनि स्थगित भएको थियो। बैठकमा महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न  केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

कांग्रेसले भदौ ७ का लागि महाधिवेशनको मिति तोकेको छ। महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवरण गत चैत ३० सम्म केन्द्रीय सर्भरमा इन्ट्री गर्ने समयसीमा तोकिएको थियो।

तर कतिपय जिल्लाबाट क्रियाशील सदस्यताको टुंगो नलागेको र कतिपय जिल्लाले टुंगो लागेको सदस्यता विवरण पनि सफ्टवेयरमा नराखेको भन्दै छुटेका जिल्लालाई महाधिवेशनमा कसरी समेट्ने भन्ने विषयमा पनि आज निर्णय गर्ने तयारी गरिएको बुझिएको छ । 
 

प्रकाशित मिति: ०७:०० बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्