Kathmandu Press

२४ घण्टामा भारतमा थपिए २ लाख ७५ हजार कोरोना संक्रमित, १६ सय वढीको मृत्यु 

२४ घण्टामा भारतमा थपिए २ लाख ७५ हजार कोरोना संक्रमित, १६ सय वढीको मृत्यु 

काठमाडौं, वैशाख ६ : भारतमा पछिल्ला दिनमा दिनहुँ नयाँ रेकर्ड कायम हुने गरी कोरोना भाइरस संक्रमित थपिएका छन् ।

तीव्र रूपमा संक्रमित थपिने क्रममा भारतमा पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७५ हजार ३०० जनामा संक्रमण पुष्टि भएको हो । यो सहित भारतमा कुल संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार पुगेको छ।

सोही अवधिमा १ हजार ६२५ जनाको मृत्यु भएको छ । यो सम्गै भारतमा हालसम्म मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ७९३ पुगेको छ । यसरी भारतमा आज थपिएका संक्रमित र मृत्युको संख्यामा विश्वकै सबैभन्दा धेरै हो ।

यसअघि भारतमा अघिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जना संक्रमित थपिदाँ १ हजार ४०० जनाको मृत्यु भएको थियो। यस्तै भारतमा हालसम्म १ लाख २९ हजार वढी संक्रमित निको भएका छन् । 

प्रकाशित मिति: ०६:४५ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्