राजधानीका विद्यालय बन्द गर्न सीडीओहरुको सुझाव
काठमाडौं, वैशाख ५ : काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले राजधानीका सबै विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएका छन्।आइतबार कोरोना संकट व्यवस्थापन केन्द्रको...
काठमाडौं, वैशाख ५ : काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले राजधानीका सबै विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएका छन्।
आइतबार कोरोना संकट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले विद्यार्थीमा संक्रमण फैलिन थालेको बताएका छन्। उनीहरुले कोरोना महामारीबाट जोगिन तत्काल सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिए।
वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। सीसीएमसीको शनिबारको बैठकले पनि एक महिना विद्यालय बन्द गर्नुपर्ने निर्णय गरेको थियो।
सीसीएमसीले काठमाडौंको अवस्थाबारे बुझ्न प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको हो। छलफलमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अवस्था गम्भीर बन्दै गएको बताएका छन्। तत्काल स्वास्थ्य मापदण्ड पालना गर्न कडाइ नगरे अवस्था नियन्त्रण बाहिर जानसक्ने उनीहरुको भनाइ थियो।
उनीहरुले भीडभाड हुने अन्य क्षेत्रलाई पनि मापदण्ड तोक्नुपर्ने बताए। होटल तथा रेस्टुरालगायतलाई मापदण्ड तोकेर सञ्चालन गर्न लगाउनुपर्ने बताएका छन्।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)