Kathmandu Press

कांग्रेस बैठक : आज स्थगित, भोलि ४ बजे फेरि बस्ने

काठमाडौं, वैशाख ५ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज (आइतबार) बस्ने भनिएको बैठक स्थगित भएको छ। आज दिउँसो २ बजेका लागि ललितपुरको...
कांग्रेस बैठक : आज स्थगित, भोलि ४ बजे फेरि बस्ने

काठमाडौं, वैशाख ५ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज (आइतबार) बस्ने भनिएको बैठक स्थगित भएको छ। आज दिउँसो २ बजेका लागि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको थियो। भोलि (सोमबार) दिउँसो  ४ बजेका लागि बैठक सारिएकाे जनाइएकाे छ।

यसअघि चैत २७ का लागि बाेलाइएको बैठक ३० गतेका लागि सारिएको थियो । ३० गतेको बैठक पनि स्थगित भएको थियो। कांग्रेसले भदौ ७ का लागि महाधिवेशनको मिति तोकेको छ। महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवरण गत चैत ३० सम्म केन्द्रीय सर्भरमा इन्ट्री गर्ने समयसीमा तोकिएको थियो।

तर कतिपय जिल्लाबाट क्रियाशील सदस्यताको टुंगो नलागेको र कतिपय जिल्लाले टुंगो लागेको सदस्यता विवरण पनि सफ्टवेयरमा नराखेको भन्दै छुटेका जिल्लालाई महाधिवेशनमा कसरी समेट्ने भन्ने विषयमा पनि आज निर्णय गर्ने तयारी थियो।

केही जिल्लामा विभिन्न पार्टीसँगको एकीकरणपछिको समायोजन पनि बाँकी रहेकाले क्रियाशील सदस्यता टुंगो लाग्न सकेको छैन भने कतिपय जिल्लामा आन्तरिक किचलो देखिएको छ।

क्रियाशील सदस्यता छानबिन तथा महाधिवेशनको कार्यतालिका संशोधनबारे थप छलफल आवश्यक रहेको भन्दै सभापति देउवाले भोलि  दिउँसो ४ बजेका लागि बैठक सारेका हुन्।

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्