विप्लवले प्रधानमन्त्री ओलीलाई फेरि भेटे
काठमाडौं, वैशाख ५ : नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी ओलीलाई भेटेर समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासो गरेका...
काठमाडौं, वैशाख ५ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी ओलीलाई भेटेर समझदारीअनुसार बन्दीको रिहाइ नभएको गुनासो गरेका छन्।
विप्लवसँग पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए। प्रधानमन्त्री ओलीले कानुनी प्रक्रिया पूरा गरेपछि कैदीबन्दी रिहाइ प्रक्रिया सुरु हुने जबाफ दिएको स्रोतले जनाएको छ।
यसअघि चैत ९ गते पनि यस्तै गुनासोसहित विप्लवलेयस प्रधानमन्त्री ओलीलाई भेटेका थिए। विप्लव समूहका १ सय २३ जना नेता–कार्यकर्ता कारागारमा छन्। हिरासतमा राखिएकाहरू भने छुटिसकेको जनाइएको छ।
गत फागुन २० गते विप्लव र सरकारबीच नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो।
प्रकाशित मिति: १७:१२ बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)