देशभर एक हजार बढी भेटिए कोरोना संक्रमित, उपत्यकामा ४ सय ३५
काठमाडौं, चैत ५ : पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल पाँच हजार ८४ जनामा पीसीआर र ६...
काठमाडौं, चैत ५ : पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कुल पाँच हजार ८४ जनामा पीसीआर र ६ सय ९९ जनामा एन्टिजेन परीक्षण गरेकामध्ये एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा तीन सय २६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
अहिले क्वारेन्टाइनमा ८५,आइसीयूमा ११६ र भेन्टिलेन्टरमा ४६ जना रहेका छन् भने दुई सय ६२ जना डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:५६ बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)