Kathmandu Press

माओवादी केन्द्रले सोमबारका लागि बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, वैशाख ६ : माओवादी केन्द्रले सोमबार दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने बैठकले सरकारलाई दिएको समर्थन...
माओवादी केन्द्रले सोमबारका लागि बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, वैशाख ५ : माओवादी केन्द्रले सोमबार दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र राष्ट्रिय भेला बोलाउने निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताए। 

एमाले वरिष्ठ नेता माधव नेपाल समूहका चार सांसदले पार्टी ह्विप उल्लंघन गर्दै माओवादी केन्द्रलाई साथ दिएपछि कर्णाली सरकार ढल्नबाट बचेको थियो भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो।

यसैलाई आधार बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र अन्य प्रदेशमा सरकार पनि छिट्टै परिवर्तन हुने बताउँदै आएका छन्। 

प्रकाशित मिति: १५:५१ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्