एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सोमबार बस्ने
काठमाडौं, वैशाख ५ : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सोमबार बस्ने भएको छ। बैठक सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने...
काठमाडौं, वैशाख ५ : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सोमबार बस्ने भएको छ। बैठक सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टीका सबैजसो पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि पहिलो पटक बैठक बस्न लागेको हो। एमालेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।
बैठकमा समसामयिक, राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्यविभाजनका बारेमा छलफल र निर्णय हुने बताइएको छ।
प्रकाशित मिति: १५:३६ बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)