ओलीले प्रतिगमनको बाटो हिँडेर देशको ढुकुटी रित्याए : डा. डिला संग्रौला
काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी ओलीले प्रतिगमनको बाटो हिँडेर देशको ढुकुटी रित्याएकाे आरोप लगाएकी छन्।‘सरकारले नचाहिएका आयोग...
बाग्लुङ, वैशाख ५ : नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी ओलीले प्रतिगमनको बाटो हिँडेर देशको ढुकुटी रित्याएकाे आरोप लगाएकी छन्।
‘सरकारले नचाहिएका आयोग तथा निकाय गठन गरेर पैसाको खोलो बगाएको छ,’ उनले भनिन्, ‘सरकार आफ्ना कार्यकर्ता भर्ती गर्न तल्लीन छ, त्यसका लागि नचाहिएका आयोग पनि गठन गरेको छ। अधिनायकवाद र प्रतिगमनको बाटो हिँडेर सरकारले देशको ढुकुटी रित्याउँदै छ।’
नेपाल प्रेस युनियन बाग्लुङद्वारा आइतबार बाग्लुङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै संग्रौलाले अब पैसाको भरमा सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरिन्। उनले अबको सरकार कांग्रेसको नेतृत्वमा बन्ने विश्वास पनि व्यक्त गरिन्।
अधिनायकवादविरुद्ध प्रदेशबाट सन्देश दिने काम सुरु भइसकेको उल्लेख गर्दै उनले अब अन्य प्रदेशमा पनि नयाँ सरकार बन्ने बताइन्। केपी ओलीलाई हटाउने खेल कर्णाली र गण्डकी प्रदेशबाट सुरु भइसकेको उनले बताइन् ।
उनले प्रधानमन्त्री ओलीले जनताको आँखामा छारो हाल्न खोक्रो राष्ट्रवादको नारा दिएको बताइन्। आफूलाई बचाउन तल्लीन सरकारले कोरोना महामारीमा परेका जनता जोगाउने कुनै काम नगरेको स्पष्ट पारिन्। यस्तो अवस्थामा अहिलेको सरकारलाई टिकाउनु जरुरी नभएको उनले बताइन्।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)