बादल पुनः गृहमन्त्रीमा नियुक्त
काठमाडौं, वैशाख ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार (आज) रामबहादुर थापा ‘बादल’ लाई पुनः गृहमन्त्रीमा नियुक्त गरेकी छन्। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा बादल...
काठमाडौं, वैशाख ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार (आज) रामबहादुर थापा ‘बादल’ लाई पुनः गृहमन्त्रीमा नियुक्त गरेकी छन्। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा बादल गृहमन्त्रीमा नियुक्त भएका हुन्।
माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका बादल एमालेमा प्रवेश गरेका थिए। माओवादी केन्द्रले उनको पद खारेज गर्न पत्र पठाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार (आज) बादलको सांसद पद खारेज गरेका थिए।
सांसद पद खारेज भएसँगै गृहमन्त्री पद पनि स्वतः गुमाएका उनलाई आजै पुनः गृहमन्त्री नियुक्तिका लागि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। सांसद नभएका व्यक्तिले ६ महिनाका लागि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।
पहिला माओवादी केन्द्रबाट गृहमन्त्री बनेका बादलले यसपटक भने एमाले नेताको हैसियतामा साेही मन्त्रालयकाे जिम्मेवारी सम्हाल्दैछन्। आज साँझ ५ बजे राष्ट्रपति कार्यालय महाराजगन्जमा उनले गृहमन्त्रीको शपथ लिने कार्यक्रम छ।
हेर्नुहाेस् पत्र












![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)