Kathmandu Press

कर्णालीबाट ओलीको पराजय सुरु भइसक्यो : प्रचण्ड

चितवन, वैशाख ६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णाली प्रदेशबाट सुरू भएको प्रधानमन्त्री केपी ओलीको पराजय यात्रा क्रमशः सबैतिर पुग्ने...
कर्णालीबाट ओलीको पराजय सुरु भइसक्यो : प्रचण्ड

चितवन, वैशाख ५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णाली प्रदेशबाट सुरू भएको प्रधानमन्त्री केपी ओलीको पराजय यात्रा क्रमशः सबैतिर पुग्ने बताएका छन्।

चितवनको माडी नगरपालिकाको हालसालै निर्माण सम्पन्न भवन उद्‌घाटन गर्दै उनले भने, ‘अब छिट्टै गण्डकी, लुम्बिनीमा पनि ओलीको हार हुन्छ । त्यसअघि नै संघमै पनि उनको हार हुन सक्छ।’

माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकार लगभग ढलिसकेको थियो। तर एमाले वरिष्ठ नेता माधवकुमार नेपा पक्षीय चार सांसदले ‘फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद कायमै रहन पुग्याे।

एमालेका सांसद प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले पार्टी ह्विप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए। त्यसैलाई नै प्रचण्डले ओलीको हारको संज्ञा दिएका हुन्। 

ओलीले आफूलाई सडकमा पुर्याउने भनेर सोचे पनि असफल भएकाे टिप्पणी पनि प्रचण्डले गरे। 

प्रकाशित मिति: १४:०५ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्