Kathmandu Press

प्रधानमन्त्री बन्न लालायित छैन, आइपरे पछि हट्दिनँ : देउवा

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको तर सरकारको नेतृत्व गर्नैपर्ने राजनीतिक परिस्थिति आएमा पछि नहट्ने...
प्रधानमन्त्री बन्न लालायित छैन, आइपरे पछि हट्दिनँ : देउवा

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको तर सरकारको नेतृत्व गर्नैपर्ने राजनीतिक परिस्थिति आएमा पछि नहट्ने बताएका छन्।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा आइतबार आयोजित श्रीराम श्रेष्ठकाे ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ नामक कृति विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले  बहुमतको सरकारसँग निहुँ नखोज्ने समेत बताए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकै कारण अहिलेको सरकार बहुमतकै अवस्थामा रहेको र त्यस्ताे अवस्थामा आफूहरू प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने सभापति देउवाको भनाइ थियो।

उनले वर्तमान राजनीति तरल अवस्थामा रहेको बताए । यस्तै स्थिति रहिरहे नेपाली राजनीति यतै जान्छ भनेर भन्न नसकिने उनको भनाइ थियो।

उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्