Kathmandu Press

अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइते

नेब्रास्का, वैशाख ५ : संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन्।स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स...
अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइते

नेब्रास्का, वैशाख ५ : संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो। गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Hardik ivf

घाइते एक व्यक्तिको स्वास्थ्य अवस्था निकै नाजूक रहेको बताइएको छ। अर्का व्यक्ति भने सामान्य घाइते अवस्थामा छन्। दुबैको अस्पतालमा उपचार भइरहेको छ । 

गत बिहीबार राति इन्डियानापोलिसको फेडएक्स कार्यालयमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु भएको थियो। 

अधिकारीहरुले उक्त गोलीकाण्डका मुख्य शंकास्पद व्यक्तिले आत्महत्या गरेका जनाएको छ। 

प्रकाशित मिति: १२:५७ बजे, आइतबार, वैशाख ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्