Kathmandu Press

चेक सरकारद्वारा १८ रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन 

प्राग, वैशाख ५ : गणतन्त्र चेक सरकारले १८ रुसी कुटनीतिज्ञहरुलाई निष्काशन गरेको छ। सन् २०१४ मा गोलाबारुद भण्डारण स्थानमा भएको विस्फोटमा १८ रुसी कुटनीतिज्ञहरुको...
चेक सरकारद्वारा १८ रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन 

प्राग, वैशाख ५ : गणतन्त्र चेक सरकारले १८ रुसी कुटनीतिज्ञहरुलाई निष्काशन गरेको छ। सन् २०१४ मा गोलाबारुद भण्डारण स्थानमा भएको विस्फोटमा १८ रुसी कुटनीतिज्ञहरुको संग्लनता रहेको पुष्टि भएपछि १८ रुसी कुटनीतिज्ञहरुलाई निष्काशन गरिएको हो ।

चेकको स्थानिय गुप्तचर एजेन्सीले १८ रुसी कुटनीतिज्ञहरु रुसको गुप्तचर एजेन्ट भएको पत्ता लागेपछि निष्काशित गरेको छ। 

चेकका विदेश मन्त्री जान हमासेकले रूसी दूतावासका १८ कर्मचारीलाई ४८ घण्टाभित्र चेक गणतन्त्र छोड्न निर्देशन दिएका छन्।  

चेकका प्रधानमन्त्री आन्द्रेज बबेसले २०१४मा गोलाबारुद भण्डारण स्थानमा भएको विस्फोटनमा १८ रूसी कुटनीसतज्ञकोे स्पष्ट संग्लनता रहेको प्रमाण भएको बताएका छन। 

सन् २०१४मा गोलाबारुद भण्डारण स्थानमा भएको विस्फोटमा परि दुईको मृत्यु भएको थियो।

प्रकाशित मिति: १२:१९ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्