Kathmandu Press

बादलले साँझ पुन: गृहमन्त्रीको शपथ लिदैँ

काठमाडौं, वैशाख ५ : राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् ।सांसद नभएपनि...
बादलले साँझ पुन: गृहमन्त्रीको शपथ लिदैँ

काठमाडौं, वैशाख ५ : राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् ।

सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने  संवैधानिक व्यवस्थाअनुसार बादलले पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन्। 

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए। लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलले साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण गर्ने तय भएको छ। 

उनी २०७४ सालमा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा बादलले एमाले रोजेका थिए। 

प्रकाशित मिति: ११:५६ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्