माओवादी छाडेर एमालेमा गएका गृहमन्त्री बादलको सांसदसँगै मन्त्री पद गुम्यो
काठमाडौं, वैशाख ५ ः गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभा सदस्यसँगै मन्त्री पद गुमेको छ ।नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र...
काठमाडौं, वैशाख ५ : गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभा सदस्यसँगै मन्त्री पद गुमेको छ ।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएपछि उनको सदस्यसँगै मन्त्री पद गुमेको हो । संसद सचिवालयले आइतवार एक सूचना निकालेर थापाको पद रिक्त भएको जनाएको छ।
थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोजेका थिए। थापाले संविधानअनुसार सांसद पद गुमेपछि अब फेरि मन्त्री बन्नका लागि पुनः सपथ लिनुपर्ने छ।
प्रकाशित मिति: ११:०० बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)