सशस्त्रले जित्यो विराट गोल्डकपको उपाधि
काठमाडौं, वैशाख ५ : विराट गोल्डकपको छैठौं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।विराटनगरमा रहेको सहिद मैदानमा शनिवार राति भएको फाइनल...
काठमाडौं, वैशाख ५ : विराट गोल्डकपको छैठौं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
विराटनगरमा रहेको सहिद मैदानमा शनिवार राति भएको फाइनल खेलमा भारतीय टिम पञ्जाब पुलिसलाई १-० गोलले हराउँदै एपीएफले उपाधि हात पारेको हो ।
एपीएफका प्रदीप लामाले खेलको ११ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । दोस्रो हाफदेखि आक्रामक भएर मैदान प्रवेश गरे पनि पञ्जाबले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपविजेतामा सीमित भयो ।
जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफी उचालेको छ । उपविजेता बनेको पञ्जाबले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ ।
प्रकाशित मिति: ०८:५९ बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











