आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, वैशाख ५ : आज पनि देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को तराई र बाँकी प्रदेशका पहाडी केही भेगमा वर्षा हुनेछ। काठमाडौं उपत्यकामा पनि हावाहुरी‚ मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले बताएको छ ।
उपत्यकासहित देशका विभिन्न स्थानमा हिजो पनि हावाहुरी, चट्याङ र मेघगर्जनसहित हल्का पानी परेको थियो। केही दिन यता हरेक दिन जसो अपराह्नतिर हावाहुरी, चट्याङसहित सामान्य वर्षा हुँदै आएको छ।
मेघगर्जन‚ चट्याङ र हावाहुरीको सम्भावना रहेकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ।
प्रकाशित मिति: ०८:५० बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)