कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैं
काठमाडौं, वैशाख ५ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यसमिति...
काठमाडौं, वैशाख ५ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।
आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यसमिति बैठकमा १४औं महाधिवेशनको तयारीलगायत विभिन्न समसामयिक विषयमा छलफल हुने बताईएको छ ।
यसअघि गत गत चैत ३० मा बस्ने भनिएको बैठक स्थगित भएको थियो। कांग्रेसले भदौ ७ का लागि महाधिवेशनको मिति तोकेको छ। महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवरण गत चैत ३० सम्म केन्द्रीय सर्भरमा इन्ट्री गर्ने समयसीमा तोकेको थियो।
तर‚ कतिपय जिल्लाबाट क्रियाशील सदस्यताको टुंगो नलागेको र कतिपय जिल्लाले टुंगो लागेको सदस्यता विवरण पनि सफ्टवेयरमा नराखेको भन्दै छुटेका जिल्लालाई महाधिवेशनमा कसरी समेट्ने भन्ने विषयमा पनि आज निर्णय गर्ने तयारी छ।
केही जिल्लामा विभिन्न पार्टीसँगको एकीकरणपछिको समायोजन पनि बाँकी रहेकाले क्रियाशील सदस्यता टुंगो लाग्न सकेको छैन भने कतिपय जिल्लामा आन्तरिक किचलो देखिएको छ।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)