Kathmandu Press

आइपीएल : हैदरावादको लगातार तेस्रो हार, मुम्बई इण्डियन्सको दोस्रो जित 

काठमाडौं, वैशाख ५ : आइपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दोस्रो जित निकालेको छ।गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बईले दोस्रो जित हात...
आइपीएल : हैदरावादको लगातार तेस्रो हार, मुम्बई इण्डियन्सको दोस्रो जित 

काठमाडौं, वैशाख ५ : आइपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दोस्रो जित निकालेको छ।

गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बईले दोस्रो जित हात पारेको हो। चेन्नेईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो। उसका लागि क्वीन्टन डीककले ४० र किरोड पोलार्डले ३५ रन बनाए ।

हैदरावादका विजय शंकर र मुजीव रहमानले दुई दुई विकेट लिए। १५१ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको हैदरावाद १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १३७ रनमा अलआउट भयो। हैदरावादका लागि जोनी बेयरस्टोले ४३ र कप्तान डेभिड वार्नरले ३७ रनको योगदान दिए ।

तर  पनि  टिमलाई  जित  दिलाउन सकेनन्। हैदरावाद भने तीन खेलमा अहिलेसम्म जितविहिन छ।  आइपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन्।

दिउँसो पौने ३ बजे हुने पहिलो खेलमा बेंगलोर र कोलकाता खेल्नेछन् भने राती पौने ८ बजे हुने दोस्रो खेलमा दिल्ली र पञ्जाब खेल्नेछन्। 

प्रकाशित मिति: ०६:३६ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्