फ्लोर क्रस गरेका तीन एमाले सांसद बने कर्णाली प्रदेशका मन्त्री
मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् ।
सुर्खेत, वैशाख ४ : विश्वासको मतमाथि भएको मतदानमा फ्लोर क्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका तीन एमाले सांसद मन्त्री बनेका छन् ।
मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् ।
उनीहरूलाई एमालेले पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरिसकेको छ । सरकार जोगाउन साथ दिएको कांग्रेसलाई पनि मन्त्रिमण्डलमा समेट्ने योजनामा मुख्यमन्त्री शाही छन् ।
प्रकाशित मिति: २१:१८ बजे, शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)