दुई सातामै फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि
काठमाडौं, वैशाख ४ : सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। दुई सातामै मूल्य बढाएको हो।नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि...
काठमाडौं, वैशाख ४ : सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। दुई सातामै मूल्य बढाएको हो।
नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ। यसअघि चैत २२ गते मूल्य बढाएको थियो।
आजको मूल्य बृद्धिसँग अब पेट्रोलको प्रतिलिटर १२१ रुपैयाँ भएको छ। त्यस्तै, डिजेल र मटितेलको मूलइ प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ।
यसैगरी निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य पनि बढाएको छ। हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ। योसँगै हवाई इन्धनको मूलय ७६ रुपैयाँ पुगेको छ।
एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
प्रकाशित मिति: २०:३९ बजे, शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)