Kathmandu Press

सीसीएमसी बैठक : ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मुलुकका ठूला सहर र कोभिड-१९ फैलिएका स्थानमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।
सीसीएमसी बैठक : ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाडौं, वैशाख ४ : कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मुलुकका ठूला सहर र कोभिड-१९ फैलिएका स्थानमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

सीसीएमसीको शनिबार सम्पन्न बैठकले यस्तो निर्णय लिएको हो। ठूला सहरका विद्यालयहरू बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको छ। यस्तै, जोखिमपूर्ण स्थानका विद्यालय बन्द, आंशिक खुला या तल्ला कक्षा बन्द राखेर माथिल्लामा मात्र पठनपाठन सञ्चालन गर्ने निर्णयको अधिकार सम्बन्धित प्रदेश र पालिकालाई दिइएको छ।

तत्काल पठनपाठन बन्द नगरेर विद्यालयहरू कोरानाको ‘हट स्पट’ बन्न सक्ने जोखिम विज्ञहरूले औँल्याउँदै आएका छन्। तर, विद्यालय सञ्चालकहरू र अभिभावक संघले स्वास्थ्य मापदण्ड पालना गर्दै पठनपाठन जारी राख्नुपर्ने बताउँदै आएका छन्।

विद्यालयहरूबाट कोरोना प्रसार व्यापक बन्ने जोखिम देखिएकाले भौतिक उपस्थिति बन्द गराएर अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

विद्यालय बन्द हुने÷नहुनेबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ। स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्न सुझाएको छ। मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।
 

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, वैशाख ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्