फ्लोर क्रस गर्ने चार सांसद एमालेबाट निष्काशित
शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा अन्तिम अवस्थामा एमालेका चार सांसदले फ्लोर क्रस गरेर पद जोगाइदिएका थिए।
काठमाडौं, वैशाख ४ : नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले फ्लोर क्रस गर्ने चार सांसदलाई पार्टीको साधारणसदस्यसमेत नरहनेगरी कारबाही गरेको छ ।
प्रदेश कमिटीले पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेर गम्भीर अपराध गरेको भन्दै उनीहरुको सांसद पद् खारेज गर्दै पार्टीको कुनै पनि कमिटीमा नरहनेगरी निष्काशन गरेको हो।
सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मबहादुर शाही र अम्मर थापालाई प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ ।
प्रदेश कमिटीका अध्यक्ष गोरख बोगटीले विज्ञप्ति जारी गर्दै उनीहरुले ह्वीप उल्लघंन गरेर जनताको मत र पार्टीप्रति गम्भीर अपराध गरेको बताएका छन्।
शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा अन्तिम अवस्थामा एमालेका चार सांसदले फ्लोर क्रस गरेर पद जोगाइदिएका थिए।

प्रकाशित मिति: १६:३१ बजे, शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)