Kathmandu Press

क्युबाको कम्युनिष्ट पार्टी प्रमुख राहुल क्यास्ट्रोद्धारा पद त्याग्ने घोषणा

काठमाडौं, वैशाख ४ : क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गरेका छन्। उनले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद...
क्युबाको कम्युनिष्ट पार्टी प्रमुख राहुल क्यास्ट्रोद्धारा पद त्याग्ने घोषणा

काठमाडौं, वैशाख ४ : क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गरेका छन्। उनले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको शुक्रबार बताएका हुन्।

‘मैले मेरो जिम्मेबारी र योजनाहरु पुरा गरेको छु, त्यसैले मैले पार्टीको केन्द्रीय कमिटिको प्रथम सचिवको जिम्मेबारीबाट मुक्त हुने निर्णय गरेको छु,’ उनले भने।  उनले आफ्नो भूमिका र निर्णयबाट आफू सन्तुष्ट रहेको र आगामी दिनमा पनि देशलाई फाइदा नै हुने विश्वास व्यक्त गरे।

Hardik ivf

पार्टीको आठौँ सम्मेलनको उद्घाटन समारोहमा सम्वोधन गर्ने क्रममा उनले पार्टी र देशलाई नयाँ गति दिन आफ्नो निर्णयले सहयोग पुग्ने अपेक्षा पनि गरेका छन्। पार्टीको अभियान र आन्दोलनमा भने पार्टी कार्यकर्ताको रुपमा आफू सधै रहिरहने पनि ८९ वर्षीय नेता क्यास्ट्रोले स्पष्ट पारेका छन् । 

‘म जीवित रहँदासम्म, मैले सक्दासम्म पार्टीको काममा म सधैँ लागि नै रहनेछु, मातृ भूमिका लागि खटिनेछु,’ उनले भनेका छन्। उनले आफ्नो उत्तराधिकारी हुने र पार्टीको नेतृत्वमा रहने सवै नेताहरुलाई राष्ट्रियता, समाजवाद, नैतिकता, संस्कृतिको महत्व नभुल्न समेत सचेत गराएका छन्। 

अहिले चलिरहेको पार्टीको सम्मेलन नयाँ नेता चयन गर्दै आगामी सोमबार सकिने भएकाले सम्मेलन सकिएपछि उनी जिम्मेवारीमा नरहने जनाइएको छ। उनी सन् २०११ को अप्रिलमा पार्टीको शिर्ष नेताका रुपमा निर्वाचित भएका थिए। आफ्नै दाजु फिडेल क्यास्ट्रोको उत्तराधिकारीका रुपमा उनले भूमिका निर्वाह गरेका थिए। उनले भने सन् १९६५ देखि पार्टीको नेतृत्व गरेका थिए। फिडेलको सन् २०१६ मा निधन भएको थियो।

सन् १९५९ को क्रान्तिको नेतृत्वकर्ता भएकाले क्रान्तिपछि लगातार क्युबामा क्यास्ट्रो परिवारले राजनीतिक नेतृत्व गर्दै आएको थियो। 
 

प्रकाशित मिति: १५:५७ बजे, शनिबार, वैशाख ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्