Kathmandu Press

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

काठमाडौं, वैशाख ४ : म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ। देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये...
म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

काठमाडौं, वैशाख ४ : म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ। देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ बर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो।

लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौ आन्दोलनकारी अहिले बन्दी भएका छन्।   तीनै हजारौँ बन्दीहरु मध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार जानकारी दिएका छन्। 

Hardik ivf

म्यान्मारमा परम्परागत बुद्ध धर्माबलम्बीहरुको नयाँ बर्षको अवसरमा कैदी बन्दीहरुलाई आम माफी दिने चलन अनुसार नै यस पटक बन्दीहरुलाई रिहा गर्न लागिएको हो। गत फेब्रुअरी १ देखि सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा अहिलेसम्म हजारौ गिरफ्तार भएका छन् भने सयौँ घाइते भएका छन्। त्यसैगरी सात सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ। 

मृत्यु भएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय अधिकारीहरुको भनाई छ। 

आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरुले अझै पनि नियन्त्रणमा लिएको पनि राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ। हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघलगायतका धेरै निकाय र मुलुकहरुले पटक पटक आग्रह गरेपनि म्यान्मारमा हिंसात्मक घटनाहरु भइरहेको छ। पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यान्मारको सत्ता हातमा लिएको छ। 

तत्कालिन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शिर्ष नेताहरुलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो।
 

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, वैशाख ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्