जितका लागि नेपाललाई १३७ रनको लक्ष्य
काठमाडाैं, वैशाख ४ : कीर्तिपुरस्थित टियू मैदानमा जारी त्रिकोणात्मक टि–२० सिरिजको उद्घाटन खेलमा नेदरल्यान्ड्यसले नेपाललाई जितका लागि रनको १३७ रनको लक्ष्य दिएको छ।...
काठमाडाैं, वैशाख ४ : कीर्तिपुरस्थित टियू मैदानमा जारी त्रिकोणात्मक टि–२० सिरिजको उद्घाटन खेलमा नेदरल्यान्ड्यसले नेपाललाई जितका लागि रनको १३७ रनको लक्ष्य दिएको छ। टियू मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो।
नेदरल्यान्ड्सका लागि बास डे लिडले सर्वाधिक ४० रन बनाए भने स्कट इडवाड्र्सले ३० रन बनाए । लिडले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे भने इडवाड्र्सले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।
यस्तै, कप्तान पिटर सिलरले १७ बलमा २३ रन बनाए भने एन्टोनिउस स्टलले ९ बलमा २० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेरु २ विकेट लिए भने सोमपाल कामी र साहब आलमले समान १ विकेट लिए । डेब्यू खेलमा साहबले ४ ओभरमा ४५ रन खर्चिए ।
नेदराल्यान्ड्सविद्धको खेलसँगै ओपनर आसिफ सेख र स्पिनर साहब आलमले राष्ट्रिय टिममा डेब्यू गरेका छन्। यस्तै, आजैको खेलबाट अर्का ओपनर कुशल भुर्तेलले पनि टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन्।
ज्ञानेन्द्र मल्लाको कप्तानीमा रहेको नेपाली टिममा दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, अभिनाश बोहरा, कुशल भुर्तेल, आसिफ सेख, साहब आलम छन्।











