ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने
काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री केपी ओलीले शनिबारका लागि बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन्। सर्वदलीय बैठक भनेर नडाकेको...
काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री केपी ओलीले शनिबारका लागि बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन्।
सर्वदलीय बैठक भनेर नडाकेको र बैठक सिंहदरबार नभइ बालुवाटारमा बस्ने भएकाले प्रचण्ड ओलीले बोलाएको बैठकमा सहभागी नहुने बताइएको छ ।
समसामयिक राजनीकित विषयमा छलफल गर्न प्रधामन्त्री ओलीले ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएका हुन् । सर्वदलीय बैठकमा नेपालमा सुरु भएको कोरोना भाइरसको दोस्रो लहरका विषयमा पनि छलफल हुनेछ।
सर्वदलीय बैठकका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको छ।
प्रकाशित मिति: ११:०८ बजे, शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)