Kathmandu Press

कोहलपुर बस दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत

नेपालगन्ज, वैशाख ४ : बाँकेको कोहलपुरमा भएको बस दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये चार जनाको सनाखत भएको छ।सुर्खेतबाट धरान गइरहेको मे १ ख...
कोहलपुर बस दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत

नेपालगन्ज, वैशाख ४ : बाँकेको कोहलपुरमा भएको बस दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये चार जनाको सनाखत भएको छ।

सुर्खेतबाट धरान गइरहेको मे १ ख ३३४७ नम्बरको बस शुक्रबार साँझ बाँकेको कोहलपुर नगरपालिका–१३ रोहिणी खोलानजिक दुर्घटना भएको थियो। विपरित दिशाबाट आइरहेको ना अ अ प ४१ नम्बरको टिप्परसँग ठोक्किँदा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने ३७ जना घाइते भएका थिए।

दुर्घटनामा कोहलपुर नगरपालिका–१२ का २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका–१३ का २५ वर्षीय खगेन्द्र सुनार, सुर्खेतको साटाखानीका ४० वर्षीय जीवन विक र झापाको मेचीनगर नगरपालिका–१० का ४५ वर्षीय छत्र कटुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। कटुवाल बसधनी हुन्।

दुर्घटनामा मृत्यु भएकी एक जना महिलाको सनाखत हुन सकेको छैन। उनी भारतीय नागरिक भएको प्रहरीले जनाएको छ।

मृतक मध्ये कोहलपुरका दुई जना टिपरमा सवार थिए भने अन्य तीन जना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३७ जना घाइते भएका छन्। उनीहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस र टिप्पर तिव्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।

प्रकाशित मिति: ०६:३५ बजे, शनिबार, वैशाख ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्