अश्वेतमाथि किन यतिसारो अत्याचार?
सन् २०१४ को गर्मीयाममा अमेरिका मिसौरीको फर्गुसनमा निहत्था अश्वेत किशोर माइकल ब्राउनलाई प्रहरीले गोली हानी हत्या गर्यो। हत्याअघि ब्राउनमाथि सहुलियत पसलको नियम उल्लंघन...सन् २०१४ को गर्मीयाममा अमेरिका मिसौरीको फर्गुसनमा निहत्था अश्वेत किशोर माइकल ब्राउनलाई प्रहरीले गोली हानी हत्या गर्यो। हत्याअघि ब्राउनमाथि सहुलियत पसलको नियम उल्लंघन गरेको आरोप लगाइएको थियो।
६ वर्षपछिको गर्मीयाममै २५ मे २०२० मा अमेरिकाको मिनियापोलिसमा अर्का अश्वेत युवक जर्ज फ्लोइड पनि प्रहरीको अत्यधिक बल प्रयोगबाट मारिए। र, यसपटक पनि सहुलियत पसलको नियम उल्लंघन गरेको आरोपमै मारिए, अश्वेत युवक फ्लोइड।
दुवैको सडकमा हत्या दिनदहाडै भएको थियो। ब्राउनलाई गोली प्रहार गरेको थियो, प्रहरीले। र, फ्लोइडको घाँटीमा घुँडाले थिचेको थियो। यी दुवै हत्यामा स्थानीय समुदाय प्रत्यक्षदर्शी थिए। दुवै हत्यालाई लिएर विश्वव्यापी विरोध भएको थियो। ब्राउन र फ्लोइड दुवैमाथि लागूऔषध बोकेको आरोप पनि लगाइएको थियो।
ती दुई हत्याबीचमा पनि अन्य धेरैको हत्या भएको छ। जनवरी २०१५ देखि ‘द वासिङ्टन पोस्ट’ले अमेरिकामा प्रहरीले गरेका सबै घातक गोलीबारीका घटनाको विवरण प्रकाशित गर्न थाल्यो। त्यो विवरणअनुसार प्रत्येक वर्ष प्रहरीले करिब एक हजारजनालाई प्रहरीले गोली हानी हत्या गरेको देखाउँछ। तर, ‘द वासिङ्टन पोस्ट’ले औँल्याएझैं अश्वेत अमेरिकीहरू श्वेत अमेरिकीभन्दा उच्च दरमा मारिन्छन्। र, तथ्यांकअनुसार प्रहरीले हत्या गरेका निहत्था अमेरिकीमध्ये ४० प्रतिशत अश्वेत छन्, जो अमेरिकी जनसंख्याको १३ प्रतिशत मात्र छन्।
केही कुरा भयंकर रूपमा गलत भइरहेको छ। अझै पनि हत्याका घटना भइरहेकै छन्। ब्राउन र फ्लोइड हत्याका घटनाको समाप्ति होइनन्। उनीहरूभन्दा अघि पनि धेरैको हत्या भएको थियो र पछि पनि हत्याको शृंखला जारी रहनेछ।
यी हत्याहरू घनघोर रातमा, एकान्त ठाउँ वा जंगलमा नभई दिनदहाडै र सार्वजनिक स्थलमा भएका छन्। र, अधिकांश घटना भिडियोमा कैद भएका छन्। तमिर राइस नामक युवक पनि दिनदहाडै मारिएका थिए। वाल्टर स्कट पनि उज्यालोमै मारिएका थिए। दिनदहाडै मारिनेमा एरिक गार्नर नामक युवक पनि छन्। उनीहरू सबै मारिएको भिडियो खिचिएको छ।
११ अप्रिल २०२१ मा अर्को हत्याको घटना सार्वजनिक भएको छ। मिन्नेसोटाको ब्रुकलिन सेन्टरमा दन्ट राइट नामक युवकको गोली हानी हत्या गरिएको छ। त्यो स्थान फ्लोइड मारिएको स्थानबाट टाढा छैन। र, उनी मारिएको पनि भिडियो रेकर्ड उपलब्ध छ।
केही थोरै मात्र परिवर्तन भएको छ। यस्ता हत्याकाण्ड सामान्यीकरण हुनुअघि ठूलो विरोधको सामना गर्नुपर्छ अहिले सरकारले।
हरू एक ढाँचा र संस्कार बनेको छ जसले यसको आफ्नै सामान्यीकरण र असंवेदनशील प्रभावहरू उत्पन्न गर्छ। त्यसैले केही पनि परिवर्तन भएको छैन भन्ने होइन। तर, परिवर्तनको मात्रा बढ्दो छ। वास्तवमा, हाम्रो प्रहरी प्रणालीको पुनर्मूल्यांकन गरिनुपर्छ र मौलिक ढंगले परिवर्तन हुनुपर्छ।
यस्तो परिवर्तन बन्दुक नियन्त्रणबाट सुरु हुनुपर्छ। प्रहरीले आफ्नो सैन्यीकरण र सशस्त्र रूपमा तयारी अवस्थालाई उचित मान्छ। र, सैन्य शैलीका बन्दुकसहितको तयारी अवस्थालाई आम नागरिकबाट आफू टाढा रहन मद्दत पुग्ने ठान्छ।
तर, प्रहरीले सशस्त्र र निःशस्त्र नागरिक दुवैलाई एउटै व्यवहार गर्छन्। सबै प्रकारका जाँच र सोधपुछमा प्रहरीहरूले व्यक्तिगत रूपमा पक्षपाति स्वभाव देखाउँछन्। तीमध्ये केही पक्षपाती अवस्थाबारेमा तिनीहरू आफैँलाई जानकारी हुँदैन। सोही कारण क्षणभरमै अप्रिय घटना हुन्छ, जसलाई फेरि सच्याउन सकिँदैन।
पालिकाहरूलाई पनि घातक हतियारसहित प्रहरी तैनाथ गर्ने अधिकार दिइएको छ। त्यस्तै अधिकार नाफामुलक संघसंसस्थाहरूलाई पनि छ। सहरी इलाकामा नयाँ आएका मानिसलाई नियन्त्रणमा राख्न पुराना बासिन्दाले प्रहरीलाई प्रयोग गर्न सक्छन्।
उनीहरूले आफूलाई सुरक्षित ठान्छन्। विभिन्न जरिवानाबाट बजेट सिर्जना गर्न पनि प्रहरीलाई उपयोग गरिन्छ। यस्ता कदमबाट प्रहरी र नागरिकबीच तनावपूर्ण सम्बन्ध बन्छ। भलै मृत्युसम्मका थोरै घटना किन नहुन्, नागरिक र प्रहरीबीच ठूलो द्वन्द्वको कारक बन्छन्।
यो सबै यति विकृत छ कि यस्ता घटनामा प्रायः अश्वेत नागरिक पीडित बन्छन्। र, त्यो हत्यासम्म पुगेर समाप्त हुन्छ। यस्ता घटनामा कुनै नयाँ दृष्टिकोण छैन। यी कुनै नयाँ खबर पनि होइनन्। यी घटना कुनै मापदण्डका अवरोधक होइनन् बरु कुनै प्रवृत्तिका प्रदर्शन हुन्।
यी हत्याहरू खुलासा नगरिएका कारणले होइन बरु खुलासा गरिएको बावजुद पनि भइरहेका छन्। कानून लागू गर्ने, आपराधिक न्याय र साम्प्रदायिक चेतनाका हाम्रा प्रणालीहरूले आफूलाई असाधारण रूपमा तुच्छ जंगली रूप दिएका छन्।
यस्ता घटनाले सहनै नसक्ने क्रोध र अपहेलनाको पहाड उत्पन्न गर्छन्। धेरैले आफ्नो क्रोधलाई सम्हाल्ने र नदेखाउने कोशिस पनि गर्न छाडेका छन्। साधारणतया धेरैले यस्ता घटनामा आगोलाई घुरेर हेरिरहेको विरोधीजस्तै सहेर बसेका छन्। र, त्यसको प्रत्युत्तरमा के गर्न सक्छु भनेर पर्खिरहेका छन्। तथापि, सामाजिक सभ्यताको बन्धन तोड्न सकेका छैनन्।
जब वर्षौँदेखि हामीले आफ्नो पीडालाई बयान गरिरहेका थियौँ, अमेरिकाले त्यस पीडालाई हाँसोमा उडाएको थियो र अचल भई बसेको थियो। त्यसै हुन दिऊँ। त्यसैले, अब मसँग बाँकी रहेको भनेको क्रोधको भाषा मात्र हो। किनकि, यो समाज जंगली वा असभ्य छ।
(द न्युयोर्क टाइम्सबाट)