Kathmandu Press

कोहलपुरमा बस दुर्घटना, ५ को मृत्यु, ४२ यात्रु घाइते

कोहलपुरमा बस दुर्घटना, ५ को मृत्यु, ४२ यात्रु घाइते
तस्वीर : नेपाल प्रहरी

नेपालगञ्ज, वैशाख ३ : सुर्खेतबाट धरानतर्फ गइरहेको यात्रुबहाक बस शुक्रबार राति बाँकेको कोहलपुरमा दुर्घटना भएको छ। दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य ४२ जना घाइते भएका छन्।

सुर्खेतबाट धरानतर्फ गइरहेको मे १ ख ३३४७ नम्बरको बस कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै टिपरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र चार जनाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालले बताए।

दुर्घटनामा मृत्यु भएको पाँच जनाको सनाखत हुनसकेको छैन। दुर्घटनामा ४२ घाइते भएका छन्। उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: २१:४० बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्