Kathmandu Press

ओलीको गृहजिल्लामा नेपाल समूहको समानान्तर कमिटी

झापा, वैशाख ३ : प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्लामा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको छ।शुक्रबार...
ओलीको गृहजिल्लामा नेपाल समूहको समानान्तर कमिटी

झापा, वैशाख ३ : प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्लामा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको छ।

शुक्रबार बिर्तामोडमा आयोजित कार्यकर्ता भेलाबाट नेपाल समूहले वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल र सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीले निष्काशन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७७ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको बताए।

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाए। उनले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको धारणा व्यक्त गरे।

प्रकाशित मिति: २०:२८ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्