Kathmandu Press

फ्लोर क्रस गर्ने चार सांसदलाई २४ घन्टे स्पष्टीकरण

वीरेन्द्रनगर, वैशाख ३ : कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने चार जना सांसदलाई नेकपा (एमाले)ले २४ घन्टे स्पष्टीकरण सोध्ने भएको छ।शुक्रबार साँझ बसेको...
फ्लोर क्रस गर्ने चार सांसदलाई २४ घन्टे स्पष्टीकरण

वीरेन्द्रनगर, वैशाख ३ : कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने चार जना सांसदलाई नेकपा (एमाले)ले २४ घन्टे स्पष्टीकरण सोध्ने भएको छ।

शुक्रबार साँझ बसेको एमाले प्रदेश संसदीय दलको बैठकले २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। पार्टीको ह्वीप नमानेर फ्लोर क्रस गर्ने सांसदसँग २४ घन्टाभित्र स्पष्टीकरण मागिने संसदीय दलका नेता यामलाल कँडेलले बताए।

शुक्रबार प्रदेश सभामा भएको मतदानमा एमाले सांसद प्रकाश ज्वाला, अमर थापा, कुम्भराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेका थिए। जसले गर्दा महेन्द्रबहादुर शाहीको सरकारले विश्वासको मत पाएको छ।

चारै जना सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउन एमाले संसदीय दलले स्पष्टीकरण सोध्न लागेको हो। २४ घन्टाभित्र स्पष्टीकरण नदिएमा वा दिएको स्पष्टीकरण चित्त नबुझेमा कारबाही गरिने जनाएको छ।

 

प्रकाशित मिति: १९:३१ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्