Kathmandu Press

हावाहुरीसहितको चट्याङ उडान प्रभावित, ४ अन्तर्राष्ट्रिय र ७ आन्तरिक जाहाज डाइभर्ट

काठमाडौं, वैशाख ३ : काठमाडौं उपात्यकामा शुक्रबार दिउँसो वर्षासँगे आएको हावाहुरी र चट्याङका कारण त्रिभुवन विमानस्थलको हवाई उडान प्रभावित भएको छ।वर्षासँगे आएको हावाहुरी...
हावाहुरीसहितको चट्याङ उडान प्रभावित, ४ अन्तर्राष्ट्रिय र ७ आन्तरिक जाहाज डाइभर्ट

काठमाडौं, वैशाख ३ : काठमाडौं उपात्यकामा शुक्रबार दिउँसो वर्षासँगे आएको हावाहुरी र चट्याङका कारण त्रिभुवन विमानस्थलको हवाई उडान प्रभावित भएको छ।

वर्षासँगे आएको हावाहुरी र चट्याङका कारण शुक्रबार विदेशबाट काठमाडौं आएका चार विमानलाई भारत पठाइएको विमानस्थालले जनाएको छ।

साउदीको दमामबाट आएको हिमालय एयरलाइन्स र दिल्लीबाट आएको एयर इण्डियाको जहाजलाई वनारस वनारस पठाइएको छ भने दोहाबाट आएको कतार एयरवेजको जहाजलाई कोलकाता पठाइएको विमानस्थालले जानकारी दियो।

यस्तै, दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली नै फर्काइएको छ ।

आन्तरितकतर्फ समेत आकाशमै रहेका बेला ७ वटा जहाज डाइभर्ट गरिएको विमानस्थालले जनाएको छ। ६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरी सम्बन्धित गन्तव्यमै पठाइएको हो ।

 

प्रकाशित मिति: १९:२९ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्