Kathmandu Press

पारसको स्थानमा सन्दीप जोरालाई मौका

काठमाडाैं, वैशाख ३ : नेपाली राष्ट्रिष्य क्रिकेट टिममा पूर्वकप्तन तथा अलराउन्डर पारस खड्काको स्थानमा युवा अलराउन्डर सन्दीप जोराले त्रिकोणात्मक टि–२० सिरिज खेल्ने मौका...
पारसको स्थानमा सन्दीप जोरालाई मौका

काठमाडाैं, वैशाख ३ : नेपाली राष्ट्रिष्य क्रिकेट टिममा पूर्वकप्तान तथा अलराउन्डर पारस खड्काको स्थानमा युवा अलराउन्डर सन्दीप जोराले त्रिकोणात्मक टि–२० सिरिज खेल्ने मौका पाएका छन् ।

गत आइतबार अभ्यासका क्रममा कुम चोट बोकेपछि पारस शनिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजबाट बाहिरिएका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले फेसबुकमार्फ घाइते पारसको स्थानमा युवा खेलाडी सन्दीप जोरालाई टिममा राखिएको जनाएको छ।

अभ्यासमा फिल्डिङ गर्ने क्रममा घाइते भएका पारसले चिकित्सकहरुले ४ साता आराम गर्न सुझाव दिएका छन्।

नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिज वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ।  प्रतियोगिताका सबै खेल दिउँसो १ः१५बाट सुरु हुनेछ।

टियू मैदानमा हुने सिरिजको उद्घाटन खेलमा वैशाख ४ गते नेपाल र नेदरल्यान्ड्स भिड्न् छन् । यस्तै, नेपालले दोस्रो खेलमा वैशाख ६ गते मलेसियासँग खेल्ने छ भने तेस्रो खेल खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग वैशाख ९ गते खेल्ने छ।

प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्