एमालेका ज्वाला, थापा, शाही र बुढाले फ्लोर क्रस गर्दा जोगियो मुख्यमन्त्री शाहीको पद
स्रोतका अनुसार एमाले सांसदहरू प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेका हुन्।
सुर्खेत, वैशाख ३ : एमाले नेपाल-खनाल समूहका चार सांसदले फ्लोर क्रस गर्दा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ।
स्रोतका अनुसार एमाले सांसदहरू प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेका हुन्। एमाले सांसद देवी ओलीले मत सच्याएकी थिइन्।
माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका चार सांसदले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने पक्षमा मतदान गरेका थिए।
राप्रपा तटस्थ बसेको थियो भने एमालेका १५ सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए।
ज्वाला यसअघि प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए।
प्रकाशित मिति: १७:३४ बजे, शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)